स्याङ्जा पहिरो अपडेट : स्याङ्जामा पहिरोमा पुरिएर १० को मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्याङ्जा पहिरो अपडेट : स्याङ्जामा पहिरोमा पुरिएर १० को मृत्यु

    मा प्रकाशित

तोलाकान्त बगाले
असोज ८, स्याङजा ।
पहिरोमा पुरिएर स्याङ्जामा १०जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ को तमादी र कालीगण्डकी गाउँपालिका ४ को गौतमटोलमा गरी १०जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
बिहान ६ बजे वालिङ १४ तमादी बस्ने माया नेपालीको घरमाथिबाट पहिरो आई घर र गोठ पुरिँदा नौ जनाको मृत्यु भएको हो । प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीय सानी नेपाली, ९ वर्षीय विवश नेपाली, १४ वर्षीय बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदीप नेपाली र ६÷७ महिनाका एक बालक रहेका छन् ।
एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु, स्थानीयहरुले बिहानैदेखि उद्दार कार्य गरेका थिए ।गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ ।
तीनदिनदेखिको लगातार वर्षापश्चात आएको पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ गौतम टोलका १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको प्रहरी प्रवक्ता अधिकारीले बताए । गौतम टोलका मानबहादुर दमाईको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका विष्णु दमाईको पुरिएर मृत्यु भएको हो । स्थानीयबासी, विर्घा प्रहरी चौकीका प्रहरी, समाजसेवीहरुको पहलमा पहिरोमा पुरिएका दमाईको शव बिहान साढे ५ बजे निकालेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्