तुलसीपुरमा पार्किङ व्यवस्थित गर्दै प्रहरी – Kanika Khabar
Sunday, April 27Nepali News Portal

तुलसीपुरमा पार्किङ व्यवस्थित गर्दै प्रहरी

    मा प्रकाशित

शरद रेग्मी
तुलसीपुर, ९ असोज ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिहंले तुलसीपुरको अब्यबस्थिक पार्किङ र फुटपाथ ब्यबस्थापन गर्न लागी परेका छन् ।

तीन दिनसम्म सबै क्षेत्रमा पुगेर सचेतना फैलाउने र माईकिङ गर्नेकाम सम्पन्न भएको छ । ‘चाडपर्ब नजिकिदै छन बजारलाई सुरक्षित गर्न बिभिन्न सुरक्षायोजना लागु गर्ने सन्दर्भमा बजार क्षेत्र ब्यबस्थित गर्न प्रहरी लागिपरेको छ’– डिएसपी सिहंले बताए ।

बजारका बिभिन्न स्थानहरुमा केहि दिनमै सिसि क्यामराहरु जडान हुँदैछन अत्यधिक भिडभाड हुने स्थानहरुमा प्रहरीहरु परिचालन गरिएको छ ।
यी सबै ब्यबसंथापनका लागि सबै क्षेत्र ब्यबस्थित हुन जरुरी रहेको सिंहले बताएका छन् ।

‘बजार क्षेत्रको सुन्दरता र दुर्घटना न्युनीकरण गर्न समेत अब्यबस्थित तरिकाले जथाभावी पार्किङ गर्ने सवारि साधनहरु ब्यबस्थित गर्न जरुरी छ’ उनले भने–‘जसले गर्दा बजारक्षेत्रको सुन्दरतासँगै दुर्घटनाको जोखिम समेत कम गर्छ ।’

तुललीपुरको सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दा बिभिन्न योजनाहरु सार्बजनिक गरेका डिएसपी सिंहले कोभिड १९ का कारण सुरु भएको लकडाउनको अबधिभरमा समेत आफुले सार्बजनिक गरेका कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्