उत्तर कोरियाली नेता किमले माफी मागे – Kanika Khabar
Friday, March 29Nepali News Portal

उत्तर कोरियाली नेता किमले माफी मागे

    मा प्रकाशित

कनिका खबर
असोज १०, दाङ
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले माफी माग्नुभएको । दक्षिण कोरियाका एक अधिकारीको हत्या गरेको घटनाको विषयमा जोङले माफी माग्नुभएको हो । बीबीसीले दक्षिण कोरियाको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै माफी मागेको समाचारमा उल्लेख गरेको छ । बाहिरी संसारमा निकै क्रुर मानिएका उत्तर कोरियाली नेता किमले मागेको माफीलाई बीबीसीले ‘दुर्लभ’ घटना भनेको छ । बीबीसीका अनुसार किम जोङ उनले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे इनसँग माफी माग्दै त्यो घटना हुन नहुने बताउनुभएको छ । समाचारमा जनाइए अनुसार दक्षिण कोरियाका ४७ वर्षका ती व्यक्ति दक्षिण कोरियाबाट भागेर उत्तर कोरियातर्फ जान लागेका थिए । ती व्यक्तिलाई उत्तर कोरियाको समुद्रमा उत्तरतर्फका सुरक्षाकर्मीले भेटेकाm थिए । सियोलका अनुसार उनलाई पानीमा भेटेपछि गोली हानेर मारिएको र उनको शव जलाइएको थियो । दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो नागरिकको हत्या गरेको बताएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्