सुरक्षाकर्मीलाई मास्क – Kanika Khabar
Friday, March 29Nepali News Portal

सुरक्षाकर्मीलाई मास्क

    मा प्रकाशित

कनिका खबर
असाेज १०, दाङ ।
बिपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले आज शनिबार घोराही उपमहानगर पालिकाभित्र रहेका प्रहरी बिटमा मास्क वितरण गरेको छ । मञ्चका कार्यबाहक संयोजक बामदेब जिएमको संयोजनमा घोराहीका निमाहल चोक ,दामोदर चोक ,बसपार्क ,रतनपुर चोक , भानुचोक, लगायतका प्रहरी बिटमा २ हजार थान मास्क हस्तान्तरण गरिएको हो । दैनिक फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाका लागि सहयोग पुगोस भनेर मास्क हस्तान्तरण गरिएको संयोजक जिएम ले जानकारी दिएका छन । मास्क सङ्गै सेनिटाइजर पनि हस्तान्तरण गर्ने मञ्चले तयारी गरेको छ ।
मास्क बितरण कार्यक्रममा मञ्चका कोषअध्यक्ष भुवन केसि , सचिव दर्शना कार्की सदस्य बिजय केसि ,सरोज केसीको सहभागी थिए ।मास्क सुरक्षाकर्मीसँगै प्रहरी मार्फत सर्बसाधारणलाई पनि उपलब्ध गराउन आवश्यक समन्वय गरिदिन पनि मञ्चले आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्