होमनेट नेपालद्धारा स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण पिपिइ बितरण – Kanika Khabar
Thursday, June 12Nepali News Portal

होमनेट नेपालद्धारा स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण पिपिइ बितरण

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
होमनेट नेपालले काठमाण्डौ र ललितपुर जिल्ला भित्रका महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण पिपिइ बितरणको काम सुरु गरेको छ । आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने जनस्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई र ती स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिने सेवाग्राही नागरिकलाई कोरोना भाइरसको महामारीबाट सुरक्षित राख्ने उद्धेश्यले एचबिसिसि, युकेएड, युनिलिभरको सहयोगमा एक्सनएड नेपाल र होमनेट नेपालले पिपिइ बितरण सुरु गरेको हो । शंखरापुर नगपालिकाबाट शुरु भएको अभियानका क्रममा होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याललाई होमनेट नेपालले ३३० थान पिपिइ सेट हस्तान्तरण गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्