जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रमा बिरामी शून्य – Kanika Khabar
Tuesday, June 6Nepali News Portal

जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रमा बिरामी शून्य

    मा प्रकाशित

कनिका खबर
असोज ११, कालिकोट
कालिकोट जिल्लामा रहेको जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रमा बिरामी आउन छोडेका छन् । पहिला कार्यालय रहेको ठाउँबाट नयाँ ठाउँमा कार्यालय सर्दा सेवाग्राहीलाई कार्यालय भेटाउनै मुस्कील छ । कर्णाली सरकारले जनस्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय आयुर्बेद स्वास्थ्य केन्द्रलाई एकिकृत गर्दा बिरामीहरु अलमलमा परेका छन् । जिल्ला अस्पतालको छेउमा नयाँ भवन भाडामा लिएर आर्युबेद स्वास्थ्य केन्द्र संचालन गरिएको छ । बिरामीहरु पहिलाको कार्यालय खोज्दै सदमुकामको तल्लो बसपार्क नजिकै भौतारीरहेको भेटिन्छन् । कार्यालय एकिकृत हुँदा आयुबेद स्वास्थ्य केन्द्रमा सेवा लिने सम्पुर्ण बिरामीहरु अहिले बजारको महंगो औषधी लिन बाध्य भएका छन् । कर्णाली प्रदेशका १० जिल्लामा २९ जनाको दरबन्दी कटौती समेत गरिएको छ । आयुर्बेद शाखामा काम गर्ने २९ जनाको दरबन्दी कटौती पछि कर्णाली प्रदेशका जिल्लामा सञ्चालन रहेका आयुर्बेद स्वास्थ्य केन्द्रहरुमा दरबन्दीको समेत कमि छ । आर्युबेद स्वास्थ्य केन्द्र कालिकोटमा मात्र ४ जनाको दरबन्दी कटौती गरिएको बरिष्ठ बैद्य लक्ष्मी प्रसाद पाण्डेले बताउनुभयो । अस्पतालमा सेवा लिन आएका बिरामीहरुलाई अस्पतालकै कर्मचारीहरुले आयुर्बेद शाखामा नपठाएको पाण्डेले गुनासो गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्