तालिम रोजगार महासंघको तदर्थ समिति गठन – Kanika Khabar
Saturday, June 27Nepali News Portal

तालिम रोजगार महासंघको तदर्थ समिति गठन

    मा प्रकाशित

अमिता चौधरी
घोराही, १४ असोज ।

दाङमा नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघको तदर्थ समिति गठन गरिएको छ । बुधवार घोराहीमा औपचारिक कार्यक्रको आयोजना गरी शोभाकर डाँगीको अध्यक्षतामा समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा तारा भुषाल, गणेश कुमार भण्डारी, सचिवमा बिनोद केसी, सह सचिवमा यज्ञ बहादुर डाँगी, कोषाध्यक्षमा सुरेन्द्र रिजाललाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा गणेश वली, अभिनास खड्का, कमला केसी रहेेेेका छन् । सल्लाहकारमा भिम बहादुर बस्नेत रहेेेेका छन्।

छरिएर रहेका तालिम रोजगार प्रदायक संस्थालाई एकवद्धता गर्नेउदेश्यले समिति गठन गरिएको हो । राप्ती पोलि टेक्नीकल इनिष्टीच्युट लमहीका संचालक भिम बहादुर बस्नेतको अध्यक्षता तथा महासंघका प्रदेश पाँच कोषाध्यक्ष जिवराज अधिकारीको प्रमुख आतिथ्यतामा समिति गठन भएको थियो । कार्यक्रमको सहजीकरण भिम नेपालले गरेेेेका थिए  ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्