विद्यालय खुलेसँगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु – Kanika Khabar
Sunday, January 18Nepali News Portal

विद्यालय खुलेसँगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
असोज १५, दाङ ।
बिद्यालय सञ्चालनमा आएपछि राप्ती गाउँपालिका शिक्षा शाखाले अनुगमन समेत सुरु गरेको छ । बिद्यालय सञ्चालनमा आएपछि विद्यालयले स्वास्थ्य मापडण्ड पालना गरे नगरेको वारेमा अनुगमन गरिएको हो ।
कोभिड १९ को जोखीम कम र सचेतना बढ्दै गएको समयमा सरकारले लगडाउन खुकुलो पारेसँगै राप्ती गाउँपालिकामा विद्यालयहरु गत असोज ११ गते बाट खुल्न सुरु गरेका छन् ।
विद्यालयको पछिल्लो अवस्था, सामाजिक दुरी कायम भए नभएको, साबुन पानीको ब्यबस्थापन र मास्कको प्रयोग लाई बढावा दिन गाउँपालिकाले अनुगमनमा तिब्रता ल्याएको हो ।
विद्यार्थी सिकाइ सहजीकरण को रुपमा अध्यापन सुरु गर्ने अभियान अन्तरगत राप्तीका संस्थागत तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी चाप नपर्ने गरि दुई वा तिन चरणमा अध्यापन गरिरहेका छन् । अनुगमनमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी ले गाउँपालिकाको विद्यार्थी सिकाइ सहजीकरणको उदेश्य र स्वास्थ्य मापडण्डको वारेमा स्वास्थ्य शाखा संयोजक नारायण राउतले विद्यार्थी तथा शिक्षकलाई जानकारी गराएका थिए ।
गाउँपालिकाको गत कार्यपालिका बैठकले दिएको सुझाव तथा निर्देशन अनुसार विद्यार्थी सिकाइ सहजीकरण २०७७ अनुसार विद्यालयको अनुगमन तथा समस्या समाधानका उपाय सहित सल्लाह सुझाव समेत प्रदान गर्दै आईरहेको शिक्षा शाखा अधिकृत बासुदेव खनालले जानकारी दिए ।
अनुगमनको क्रमम संस्थागत तथा सामुदायिक विद्यालयहरुको प्रत्येक कक्षाको अनुगम गरिएको र केहि विद्यालयमा मास्क नभएका विद्यार्थी लाई मास्क समेत वितरण गरिएको छ । सो अनुगमनको क्रममा विद्यार्थी तथा विद्यालय प्रमुख संग छलफल समेत गरिएको शाखा अधिकृत बासुदेव खनालले जानकारी दिए ।
अनुगमनको क्रममा विद्यालयमा विद्यार्थीहरुको प्रवेश चरण, सिकाइ सहजीकरणको चरण, पिउने पानी, शौचालय तथा धारा प्रयोग गर्दाको अवस्था, सिकाइ सहजीकरणको लागि भएको समन्वय र सहकार्य, सिकाइ केन्द्रमा सिकाइ सहजीकरणको लागि कार्यान्वयनमा ल्याइएको कार्ययोजना, विद्यालयमा अभिलेखीकरण भएका विद्यार्थी विवरण, सरोकारवाला निकायलाई सिकाइकेन्द्रको सुुझाव सल्लाह, सिकाइ केन्द्रलाई अनुुगमनकर्ताको सुुझाव लगायतका विषय समेटिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्