भूकम्प स्मृति पार्क निर्माणमा आफ्नो सहयोग हुने सभामुख सापकोटाको आश्वासन – Kanika Khabar
Thursday, June 11Nepali News Portal

भूकम्प स्मृति पार्क निर्माणमा आफ्नो सहयोग हुने सभामुख सापकोटाको आश्वासन

    मा प्रकाशित

कनिका खबर
असोज १६, सिन्धुपाल्चोक
सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति पार्कको काम यथाशीघ्र अघि बढाउन आफ्नो पहल रहने बताउनुभएको छ । बिहीबार हिजो सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्र्तगत निर्माणको चरणमा रहेको भूकम्प स्मारक पार्क समन्वय तथा सहजिकरणको लागि भएको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । उक्त स्मृति पार्कका संरक्षक समेत रहनुभएका सभामुख सापकोटाले राष्ट्रिय गौरबको आयोजना स्मृति पार्क बनाउन कानुनी जटिलता हटाएर पूरा गरि छाढ्ने प्रतिवद्वता जनाउनुभयो । विधि विधान निर्माण गर्ने संघीय संसदको नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थिति भएको सभामुख सापकोटाले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्