१०८ वर्षकी गुलिया चौधरीले भनिन् ‘पहिलो पटक सम्मान पाएँ’ – Kanika Khabar
Friday, March 29Nepali News Portal

१०८ वर्षकी गुलिया चौधरीले भनिन् ‘पहिलो पटक सम्मान पाएँ’

    मा प्रकाशित

कनिका खबर
तुलसीपुर १६, असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० मोतिपुरकी १ सय ८ वर्षिय गुलिया चौधरी चिटिक्क परेर घरको आँगनीमा बसेकी थिइन् । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाले सम्मान गर्ने कार्यक्रमको बारेमा पहिल्यै थाहा पाएर उनले बाटोभरि आँखा दौडाइरहेकी थिइन् । तुलसीपुरबाट नगरप्रमुख घनश्याम पाण्डेको नेतृत्वमा सम्मानका लागि जाँदै गर्दा सबैले उनको अवस्था आँकलन गरेका थिए । ‘बुढो मान्छे ओछ्यानको ओछ्यान होलिन ’
तर सबैले सोचे भन्दा अलग भयो । गुलिया चिटिक्क परेर आँगनमा बसेकी थिइन् । घरको आँगनमा गाडी रोकेपछि उनी दौडदै बाटोमा आइन् । ‘मलाई आज पुरस्कार छ रे ’ गुलियाले मुजा परेको अनुहारमा उज्यालो छर्दै भनिन् । उनी भर्खरैकी युवती जस्तै देखिएकी थिइन् ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उनलाई न्यानो कपडाले सम्मान गरे । ‘तपाईलाई यो हाम्रो छुट्टै सम्मान हो, अरु सम्मान पनि हामीले गरिरहनेछौ’ पाण्डेले भने । उनले तुलसीपुर उपमहानगरपालिकाले ८४ वर्ष नाँघेका ज्येष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिएको समेत वताए । ‘तपाईहरु यो समाजको गहना हो त्यसैले हामीले सम्मान गरेको हो ’ नगरप्रमुख पाण्डेले भने । उनलाईन्यानो कपडाका साथै अन्य विभिन्न कुराले सम्मान गरिएको थियो ।
कार्यक्रममा वोल्दै गुलियाले आफुलाई सम्झेर घरसम्म आएकोमा खुसी व्यक्त गरिन् । उनले घरमै विशिष्ट व्यक्तिले सम्मान गर्दा थप उर्जा प्राप्त भएको वताईन । कार्यक्रममा उपप्रमुख माया शर्मा आचार्य, वडाध्यक्ष चित्रवहादुर वली र कुमार लामिछानेको समेत सहभागिता रहेको थियो ।
यसैविच ज्येष्ठ नागरिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौर निवासी १ सय वर्षकी दोमन्ता खनाललाई समेत सम्मान गरिएको छ । उपप्रमुख माया शर्मा आचार्यले उनलाई सम्मान गर्दै ज्येष्ठ नागरिकको सम्मानमा स्थानीय सरकार प्रतिवद्ध रहेको वताइन् । उनले जीवनको लामो अनुभव बोकेका ज्येष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिइन् ।
उपमहानगरपालिका भित्रका सबै ज्येष्ठ नागरिकलाई सम्मानको कार्यक्रम ल्याइएको महिला विकास तथा बालबालिका शाखाप्रमुख विष्णु आचार्यले जानकारी दिइन् । उनले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर अभियानको सुरुवात गरेको वताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिइने समेत जानकारी दिइन् ।
तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिआएदेखि नै ज्येष्ठ नागरिक सम्मानको कार्यक्रमलाई निरन्तरतादिदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्