काेरानाका कारण ७८ गैरआवासीय नेपालीकाे मृत्युु – Kanika Khabar
Saturday, January 24Nepali News Portal

काेरानाका कारण ७८ गैरआवासीय नेपालीकाे मृत्युु

    मा प्रकाशित

कनिका डेस्क

बैशाख २८, दाङ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो। यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए।

कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप ५ जनाले ज्यान गुमाएका हुन्। ज्यान गुमाउनेहरुको संख्यामा युके २, स्वीडेन १, बहराइन १, युएई १ थपिएका छन्। यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्