प्रदेश राजधानीको काङ्ग्रेस केन्द्रीय सदस्यहरुबाट स्वागत – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

प्रदेश राजधानीको काङ्ग्रेस केन्द्रीय सदस्यहरुबाट स्वागत

    मा प्रकाशित

कनिका खबर
असोज २०, दाङ ।


प्रदेश नं. ५ को स्थायी राजधानीको विषयलाई लिएर मतमतान्तर बढेर जान थालेका छन् । जिल्लाको भालुवाङलाई प्रदेशको स्थायी राजधानी प्रस्ताव गरेपछि काङ्ग्रेसभित्र पनि मत मतान्तर बढेर आएको हो । भालुवाङ प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णयको नेपाली कांग्रेसका आधा दर्जन बढस् केन्द्रीय सदस्यहरुले स्वागत गरेका छन् ।

रुपन्देही क्षेत्रका काँग्रेस नेताहरुको निर्देशनमा आन्दोलन चलिरहँदा बुटवल पश्चिमका काँग्रेस केन्द्रीय सदस्यहरुले दाङलाई राजधानी बनाउने निर्णयको स्वागत गरेका हुन ।

एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश ५ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु दिपक गिरी, किशोरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, डा. गोपाल दहित, मंगल प्रसाद थारु, योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरेले प्रदेश केन्द्र भालुवाङ तोक्ने निर्णय उपयुक्त भएको भन्दै स्वागत गरेका छन् ।

त्यस्तै प्रतिनिधिसभा सांसद समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम र पूर्वराज्यमन्त्री रहिसकेका रोल्पाका सभापति अमरसिह पुनले पनि भालुवाङलाई राजधानी बनाउने कुरा जायज रहेको भन्दै त्यसको स्वागत गरेका छन् ।

प्रदेशको नाम र केन्द्र निर्णय गरी निणयार्थ प्रदेशसभामा पेश भएको प्रस्तावको पक्ष र विपक्षमा मंगलवार मतदान हुँदैछ । जारी विज्ञप्तिमा सामरिक दृष्टिकोणले देउखुरीको भालुवाङ प्रदेशको राजधानी निकै उपयुक्त स्थान रहेको उल्लेख गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्