२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११६ जना घाइते – Kanika Khabar
Thursday, June 25Nepali News Portal

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ११६ जना घाइते

    मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६  जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी र काठमाडौँ र सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४२ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ३३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ७ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ६ जना, बागमतीमा ४ जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्