काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलले भोटिङ मेशिनमा आफ्नो नाम ‘ज्वाला’ हटाइएकोप्रति आपत्ति जनाउदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।
ज्वालाको असली नाम टिका संग्रौला भएपनि उनले आफ्नो नाम ज्वाला संग्रौलाको नामले चिनिने गर्छिन ।
केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी उनले पार्टीको केन्द्रीय समितिमा यहि नाम, महाधिवेशन प्रतिनिधिमा यहि नाम, उम्मेदवार हुदा यहि नाम , तर भोटिङ मेसिन नाम गायब भएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले अरुको त्यस्ता नाम रहेको तर आफ्नो नाम मात्र मेसिनले खाएको टिप्पणी गरेकी छन् । उनले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएको बताएपनि अब मतदान भने सकिएको छ ।


