कांग्रेस नेता पछाइले विद्यालयमा बाँडे मास्क – Kanika Khabar
Friday, April 19Nepali News Portal

कांग्रेस नेता पछाइले विद्यालयमा बाँडे मास्क

    मा प्रकाशित


कनिका खबर
असाेज २०, दाङ ।
लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा रहेको मावि अमिलियामा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
कोरोना संक्रमणको जोखिम ब्याप्त रहेकाबेला विद्यार्थीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले मास्क तथा सेनिटाइजर वितरण गरिएको हो । लमही ९ देउखुरीका कांग्रेस नेता कांग्रेस महाधिवेशन प्रतिनिधि तथा क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य केशरवहादुर पछाइ(शेखर) ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि दुई सय थान मास्क वितरण गरेका हुन् । यसैगरी विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीहरुका लागि सेनिटाइजरको व्यवस्थापनका लागि उनले सेनिटाइजर समेत हस्तान्तरण गरेका छन् । पछाइले सहयोग गरेको सामग्री उनका छोरा सन्तोष पछाइले विद्यालयलाई हस्तान्तरण गरेका थिए । ‘कोरोनाको संक्रमण उच्च रहेका बेला अध्ययनका लागि विद्यालयमा आउने साना बालबालिकाहरुलाई संक्रमणको उच्च जोखिम रहन्छ,’ केशरले भने ‘कोरोना संक्रमणको जोखिम टार्नका लागि विद्यालयमा अध्ययनरत वालवालीकाहरुलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको हुँ ।’
साथै उनले विद्यालयमा पठनपाठन सुरु भैसकेको अवस्थामा कोरोना संक्रमणको जोखिमदेखि सतर्क रही विद्यार्थी तथा उनीहरुका अभिभावक स्वयंले पनि सचेतना अपनाउनु पर्ने सुझाव समेत दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्