किन थपियो ‘फास्ट ट्रयाक’ को म्याद ? संसदीय समितिले माग्यो कारण – Kanika Khabar
Monday, September 21Nepali News Portal

किन थपियो ‘फास्ट ट्रयाक’ को म्याद ? संसदीय समितिले माग्यो कारण

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।
संसदीय समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद एकै पटक तीन वर्ष थपिनुको कारण सरकारसँग माग गरेको छ ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको हिजो मंगलबारको बैठकले काठमाडौं–तराई–मधेस द्रुतमार्गको समय एकैपटक तीन वर्ष थपिनुको कारण र आधार समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले कुनै पनि राष्ट्रिय गौरवका आयोजनाको सुरुवात गर्नु अघि नै मुलुकको आर्थिक क्षमता श्रोत साधन लगायतका विषयको अध्ययन गरी आयोजना निर्माणको सुरुवात गर्न समेत सरकारलाई निर्देशन दिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिए ।
नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको अवस्थाको बारेमा विस्तृत विवरण सातदिनभित्र समितिमा पेस गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

फाइल तस्बीर

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्