दाङमा एक किलो सुनसहित तीनजना पक्राउ – Kanika Khabar
Thursday, June 11Nepali News Portal

दाङमा एक किलो सुनसहित तीनजना पक्राउ

    मा प्रकाशित

कनिका खबर
दाङ, २२ असोज।

दाङमा एक किलो सुनसहित ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका–९ अमलियास्थित क्रेटा कारबाट सुन बरामद भएको हो । घोराहीबाट नेपालगञ्ज लैजान लागेको गोप्य सूचनाको आधारमा क्रेटा कार शंका लागि चेकजाँच गर्ने क्रममा जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्