परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावलबिच चर्काचर्की – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावलबिच चर्काचर्की

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २८, काठमाडौँ । 

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेकपाका अर्का नेता एवम् सांसद भीम रावलबीच चर्काचर्की चलेको छ । नेपाली भूमि लिपुलेकमा भारतले निर्माण गरेको सडकको विषयमा छलफलका लागि बैठक डाकिएको थियो ।

बैठकको सुरुआतमा मन्त्री ज्ञवालीले सरकारको धारणा राखेका थिए । उनले शनिबार परराष्ट्र मन्त्रालयले भारतीय कदमलाई खेदजनक भनेको विज्ञप्ति पढेर पनि सुनाएका थिए । साथै सुगौली सन्धि पश्चात सीमामा भारतले देखाउँदै आएको विवाद सच्चाउन सरकार तयार रहेको पनि बताए ।

मन्त्री ज्ञवालीले धारणा राखेपछि सभापति पवित्रा निरौला खरेलले सांसदहरूलाई बोल्न समय दिइन् । उनले प्रतिनिधि सभा बैठक ११ बजेका लागि डाकिएकाले सांसदहरूलाई छोटो धारणा राख्न आग्रह गरिन् । तर समिति सदस्य रहेका भीम रावलले राष्ट्रको गम्भीर विषयमा छोटोमा धारणा राख्न नहुने र एक मिनेट बोलेर टुङ्गिने विषय नभएकाले बैठक निरन्तर सञ्चालन हुनुपर्ने बताए । सभापति खरेलले १० बजेर २० मिनेटसम्म मात्र बैठक गर्न सकिने बताइन् ।

समितिका सबै सांसदले बोल्न समय लिएका थिए । तर सांसदहरूलाई रोक्दै सभापति खरेलले समयको अभाव देखाउँदै मन्त्री ज्ञवालीलाई बोल्न समय दिएको घोषणा गरिन् । अनि अर्को बैठक मन्त्रीसँग समयबारे छलफल गरेर गर्न प्रस्ताव गरिन ्।

उनको उक्त प्रस्तावमा सांसद रावलले आपत्ति जनाए । उनले राष्ट्रियताको मामिलामा छलफल हुने विषमया ‘बैठक तय हुनुपर्ने’ बताए । ‘संसदका लागि सार्वभौमसत्ता भन्दा ठूलो विषय के हुन्छ’, रावलले भने, ‘राष्ट्रियताको मामिलाभन्दा ठूलो केही हुन सक्दैन । या त बैठक तय हुनुपर्छ या त बोल्न पाउनुपर्छ ।’ सभापति खरेलले मन्त्रीको समय मिलेपछि बैठक तय गर्ने बताइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्