नेपालको आर्थिक बृद्धिद्धर : सन् २०२१ मा ०.६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेपालको आर्थिक बृद्धिद्धर : सन् २०२१ मा ०.६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
सन् २०२१मा नेपालको आर्थिक बृद्धिद्धर ०.६ प्रतिशतपुग्ने विश्व बैंकले अनुमान गरेको छ । विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनकाअनुसार कोरोना र लकडाउनले पर्यटन क्षेत्रमा पु¥याएको असरकाकारणसन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१मा०.६ प्रतिशतपुग्ने छ ।
आज बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक जानकारी अनुसार महामारीको असर कायमै रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको छ । जसकाकारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् । अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमा धकेलिँदै गएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । पछिल्ला पाँच वर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक सङ्कुचन दर सन् २०२० मा७.७ प्रतिशतले सङ्कुचित हुने आँकलनसहित यस प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षा गरिएको भन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ ।
सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान छ । जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति नगर्ने विश्व बैंकले जनाएको छ । अघिल्ला मन्दीहरूमा खस्कँदो लगानी र निर्यातले गिरावट ल्याउने गरे पनि यसपालिको आर्थिक मन्दी फरक भएको विश्व बैंकको भनाइ छ । निजी उपभोग १० प्रतिशतले घट्ने भएकाले गरिबीको दर पनि बढ्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्