विषालु सर्पको टोकाईबाट डेढ बर्षिया बालिकाको मृत्यु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

विषालु सर्पको टोकाईबाट डेढ बर्षिया बालिकाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २३, दाङ
पश्चिम दाङमा विषालु सर्पको टोकाईबाट डेढ बर्षिया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर ६ तिनबारी बस्ने सेर बहादुर वलीका डेढ बर्षिया छोरी अस्मिता वली रहेको प्रहरीले बताएको छ । आज दिउँसो आफनै घरमा खेलिरहेको अवस्थामा बालिकाको दाहिने हातमा सर्पले डसेको थियो । सर्पको टोकाईबाट गम्भिर विरामी परेकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा दिउँसो २ बजे निधन भएको प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्