कोरोनाका कारण दाङका १५ वर्षीय बालकको मृत्यु, दाङका मृत्यु हुनेको संख्या ६ पुग्यो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोरोनाका कारण दाङका १५ वर्षीय बालकको मृत्यु, दाङका मृत्यु हुनेको संख्या ६ पुग्यो

    मा प्रकाशित
कनिका खबर
दाङ,२४ असोज ।
दाङका एक जना १५ वर्षीय कोरोना संक्रमित बालकको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका ३ गोग्ली निवासी १५ वर्षीय बालकको बाकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा शुक्रबार साझ मृत्यु भएको हो । उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा गएका उनलाई यहि असोज २० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

स्वाव परिक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पतालको कोरोना उपचार युनिट सारिएको थियो । कोरोना संक्रम ण पुष्टी भएपछि उनलाई प्लाजा थेरापी बिधिका माध्यमबाट उपचार गरिएपनि बालकको स्वास्थमा सुधार नआएपछि शुक्रबार साझ साढे ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसंगै दाङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्