डा. गोविन्द के.सी.को अनसन तोडियो – Kanika Khabar
Saturday, January 17Nepali News Portal

डा. गोविन्द के.सी.को अनसन तोडियो

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
हिजो मध्यरातमा भएको ८ बुँदे सहमतिपश्चात अनसनरत डा. गोविन्द के.सी. ले अनसन तोडेका छन् । सरकारसँग ८ बुँदे सहमति भएसँगै डा।गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् ।

डा.केसीले अनसन तोडेपछि उनको स्वास्थ्य अवस्था कमजोर भएका कारण थप उपचारका लागि आइसीयूमा भर्ना गरिएको छ ।

भदौ २९ मा जुम्लाबाट १९औँ अनसन थालेका केसीले विभिन्न ६ बुँदे माग राखेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्