डा. गोविन्द के.सी.को अनसन तोडियो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

डा. गोविन्द के.सी.को अनसन तोडियो

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
हिजो मध्यरातमा भएको ८ बुँदे सहमतिपश्चात अनसनरत डा. गोविन्द के.सी. ले अनसन तोडेका छन् । सरकारसँग ८ बुँदे सहमति भएसँगै डा।गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् ।

डा.केसीले अनसन तोडेपछि उनको स्वास्थ्य अवस्था कमजोर भएका कारण थप उपचारका लागि आइसीयूमा भर्ना गरिएको छ ।

भदौ २९ मा जुम्लाबाट १९औँ अनसन थालेका केसीले विभिन्न ६ बुँदे माग राखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्