ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
२५ असोज

ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन् । ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएको ट्राफिक प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका साहलाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बारा कलैया नगरपालिका–२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साह रहेका छन् ।

साहले बा४२ प ६२६८ नम्बरको मोटरसाइकल गलत साइडबाट ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्रभित्र २०० रुपैयाँ हालेर प्रहरीलाई घुस दिन खोजेका थिए । घुस रकमसहित साहलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्