कनिका संवाददाता
बैशाख २९, दाङ ।
पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुक भारत कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ ।
भारतमा दिनकै एक हजारभन्दा बढी नयाँ संक्रमितहरु फेला पर्न थालेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या ६२ हजार नाघेको छ भने २ हजार एक सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
भारतमा कोरोनाका कराण सबैभन्दा बढी प्रभावित राज्यमा महाराष्ट्र, गुजरात र दिल्ली पर्छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतका सबै राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्न लागेका छन् ।