आईपीएलमा चेन्नईको तेस्रो जित – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

आईपीएलमा चेन्नईको तेस्रो जित

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
चेन्नई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा गएराति भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै जित हात पारेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १सय४७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् । जितसँगै चेन्नाई अङ्क तालिकाको छैटौं नम्बरमा पुगेको छ र प्लेअफको दौड रोमाञ्चक बनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्