क्यानडाको प्रशिक्षक बने मोन्टी देसाई – Kanika Khabar
Friday, May 1Nepali News Portal

क्यानडाको प्रशिक्षक बने मोन्टी देसाई

    मा प्रकाशित

काठमाडौँ । नेपालका पूर्व प्रशिक्षक मोन्टी देसाई क्यानडाको क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्यानडा क्रिकेट संघले देसाई पुरुष राष्ट्रिय टोलीका लागि नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

भ्रष्टाचार र कुप्रबन्धनसम्बन्धी आरोपपछि सङ्घले नयाँ सुरुआत गर्ने उद्देश्यसहित यो देसाईलाई प्रशिक्षक बनाएको उल्लेख गरेको छ  । टोलीले सन् २०२६ को टी-२० विश्वकपमा सहभागिता जनाइसकेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राख्दै यो कदम चालिएको जनाइएको छ ।

सङ्घका अध्यक्ष अर्विन्दर खोसाका अनुसार यो नियुक्ति टोलीलाई पुनः सुदृढ बनाउने र अन्तर्राष्ट्रिय स्तरमा निरन्तरता कायम गर्ने रणनीतिक प्रयास भएको बताएका छन् । उनले प्रदर्शन, व्यावसायिकता र स्पष्ट लक्ष्यसहित क्रिकेट क्यानडाको पहिचान पुनःस्थापित गर्ने प्राथमिकता रहेको बताएका छन् ।

देसाई यसअघि २०२३ देखि दुई बर्ष नेपालको प्रशिक्षक बनेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्