विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित – Kanika Khabar
Monday, April 13Nepali News Portal

विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
सन् २०२२ मा कतारमा हुने तय भएको फिफा विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा लियोनल मेस्सीको टिम अर्जेन्टिनाले लगातार दोस्रो जित हासिल गरेको छ ।यसै सातादेखि सुरु भएको विश्वकप छनोट प्रतियोगितामा पहिलो खेलमा इक्वेडरमाथि १–० को घरेलु जित निकालेको अर्जेन्टिनाले आज सम्पन्न खेलमा बोलिभियालाई उसकै मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । यस्तै आजै बिहान सम्पन्न अर्को खेलमा लुइस स्वारेजको टिम उरुग्वेले भने इक्वेडरसँग ४–२ गोलअन्तरको अप्रत्यासित पराजय ब्यहोरेको छ । आजै भएको अर्को खेलमा भेनेजुएला भने आफ्नै मैदानमा पाराग्वेसँग १–० गोलले पराजित भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्