कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल – Kanika Khabar
Thursday, June 11Nepali News Portal

कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २९, कपिलवस्तु ।

पछिल्लो अध्यावधि अनुसार कपिलवस्तुमा काेराेना सङ्क्रमितकाे सङ्ख्या बढ्दै गएपछि जिल्लालाई सिल गरिएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि आजै साँझ ५ बजेदेखि जेठ ५ गते सम्म कपिलवस्तु सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ। संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अति आवश्यकीय वस्तुहरु ढुवानी, एम्बुलेन्स, शवबाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधनहरुबाहेक जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानिसहरुको आवतजावत र सम्पूर्ण किसिमका गतिविधि जेठ ५ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम पूर्णरुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए। खाद्यान्न तथा तरकारी किनेमलका लागि हरेक दिन बिहान ७ देखि ९ बजेसम्मका लागि समय कामय गरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्