नेपालमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २९, दाङ ।
पछिल्लो अध्यावधि अनुसार नेपालमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सङ्क्रमितहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका — ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका — ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया राजापुर नगरपालिका —५ की ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुगेको छ ।

आज विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्