आईपीएल टी ट्वान्टी क्रिकेटमा मुम्बई शीर्ष स्थानमा – Kanika Khabar
Sunday, March 15Nepali News Portal

आईपीएल टी ट्वान्टी क्रिकेटमा मुम्बई शीर्ष स्थानमा

    मा प्रकाशित

कनिका खबर
कात्तिक १, दाङ 
साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्नुभयो । यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाउनुभयो । कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १/१ विकेट लिनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकत्ताको लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहनुभयो । कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्