अब किटको अभाव हुँदैन : महानिर्देशक श्रेष्ठ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अब किटको अभाव हुँदैन : महानिर्देशक श्रेष्ठ

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ३०, दाङ ।

स्वास्थ्य सेवा विभागले एक लाख व्यक्तिको कोरोनाको परीक्षण गर्न मिल्ने पिसिआर किट उपलब्ध भएको बताएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले अब किट अभाव नहुने बताए । उनका अनुसार अहिले सरकारसँग रहेको किटले एक लाख व्यक्तिको पिसीआर जाँच गर्न सकिनेछ । हिजो सोमवारमात्र चीन सरकारले दिएको ४० हजार पिसिआर किट स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको छ । यसअघि पनि नेपाललाई स्वीस सरकारले ३० हजार परीक्षण किट दिएको थियो ।

महानिर्देशक श्रेष्ठले किटहरूलाई आवश्यकता अनुसार सबै प्रयोगशालाहरूमा पठाइने बताए । अब प्रयोगशालाहरूमा किट अभावकै कारण परीक्षण रोकिने अवस्था नआउने श्रेष्ठको दाबी छ । गएको हप्ता किट अभावका कारण पाँच वटा प्रयोगशालाहरूमा परीक्षण रोकिएको थियो । स्वीस सरकारले दिएको किट पठाएपछि पुनः प्रयोगशालाहरूमा परीक्षण सुचारू भएको थियो । किट आएसँगै परीक्षणको दायरा बढेको पनि सरकारको भनाइ छ । अहिले दैनिक एक हजार व्यक्तिको परीक्षण हुँदै आएको छ । पछिल्लो दिनमा संक्रमित संख्या बढेसँगै सरकारले कोरोना परीक्षणको दायरा बढाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्