विपद्को बेला नेपाली सेनाले निर्वाह गरेको भूमिका सराहनीय भएको प्रधानमन्त्रीको टिप्पणी – Kanika Khabar
Sunday, April 19Nepali News Portal

विपद्को बेला नेपाली सेनाले निर्वाह गरेको भूमिका सराहनीय भएको प्रधानमन्त्रीको टिप्पणी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र बाढी, पहिरो र डुवानजस्ता विपदमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ । आज नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै काम उच्च राष्ट्रिय महत्वको हुने बताउनुभयो । सिन्धुपाल्चोक जिल्लामा हालसालै स्थानीय जनताको सुरक्षाको लागि सेनाले गरेको गरेको ‘अपरेसन नाम्फा जोगाउ’ कार्यक्रमको पनि ओलीले उच्च मूल्याङ्कन गर्नुभएको छ । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका ओलीले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय रहेको पनि धारणा राख्नुभयो । अहिले कोरोना महामारीको समयमा सेनाका केही कार्यक्रमहरु अपेक्षाकृत रुपमा सम्बोधन हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले परिस्थितिमा सुधार भई थप बजेट निकासा गर्न सकिने सम्भावना भएमा सेनाका प्रभावित कार्यक्रम प्राथमिकतामा राख्न विशेष पहल गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्