आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ३०, दाङ ।
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस रहेको छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गर्दछन् । तर, विश्व महामारीका रुपमा देखिएको कोभिड १९का कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम हुन सकेका छैनन् । आम नागरिक र समुदायसँग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ ।

नर्सिङ पेसाप्रति बढ्दो आकर्षणका कारण संख्या बढे पनि त्यसको व्यवस्थापन हुन नसक्दा बेरोजारी बढेको र भएको रोजगारी पनि सहर केन्द्रित भएकाले समस्या भएको बढ्दै गएको छ । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाई अहिले नर्सहरुले भोगिरहेको मुख्य समस्या देखिएको नर्सहरुको गुनासो छ ।
विकसित मुलुकमा ६ सय देखि ८ सय जना जनसंख्याका लागि एक जना नर्स र सामान्यतया तीन जना विरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एक जना नर्सले २० देखि ३० जना बढी बिरामी हेर्नुपरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्