प्रस्तावित राजदूत विरुद्ध संसदीय सुनुवाई समितिमा चार वटा उजुरी – Kanika Khabar
Thursday, June 11Nepali News Portal

प्रस्तावित राजदूत विरुद्ध संसदीय सुनुवाई समितिमा चार वटा उजुरी

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, काठमाडौं
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत विरुद्ध संसदीय सुनुवाई समितिमा चार वटा उजुरी परेको छ । समितिले प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी आज खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारसँग कुरा गर्दै सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको जानकारी दिनुभएको छ । समितिले २१ असोजमा १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो । सभापति कर्णले प्रस्तावित राजदूत विरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले १७ कात्तिकका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताउनुभयो । उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध ३ वटा र संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी विरुद्ध एक वटा रहेको सभापति कर्णले बताउनुभयो । सरकारले डा. युवराज खतिवडालाई अमेरिकाका लागि आवाशीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवाशीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो । यस्तै, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवाशीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवाशीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै, डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवाशीय राजदूत र वोत्सुवाना, केन्या, कंगो,तान्जानिया, जाम्भीया, जिम्बाब्बे, ज्ञावेनलगायतका देशका लागि गैह्रआवाशीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्