उपचारका क्रममा बुटवलका थप दुई कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Friday, September 11Nepali News Portal

उपचारका क्रममा बुटवलका थप दुई कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ५, काठमाडौं
बुटवलका थप दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका- ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय वृद्धको वुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.गौतमले जानकारी दिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्