टेलिभिजन च्यानलमा विज्ञापनिरहित लागु गर्न सबै तयारी पूरा – Kanika Khabar
Friday, May 1Nepali News Portal

टेलिभिजन च्यानलमा विज्ञापनिरहित लागु गर्न सबै तयारी पूरा

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, काठमाडौं
सरकारले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित (क्लीनफीड) लागु गर्नका लागि सबै तयारी पूरा भएको जनाएको छ । आगामी कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्नेगरी कानुनी तथा संस्थागत तयारी पूरा भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागु गर्ने व्यवस्था गरेअनुसार नै तयारी गरिएको बताउनुभयो । उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख छ । क्लीनफिड लागू गर्नका लागि विज्ञापन बोर्डको गठन गरिएको र त्यसको अध्यक्षमा मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई नियुक्ति दिइएको मन्त्री गुरुङले जानकारी दिनुभयो । बोर्डले अनुगमनको लागि संस्थागत तयारी गरिसकेको र कात्तिक ८ गतेदेखि निरन्तर अनुगमन हुने पनि मन्त्री गुरुङको भनाइ छ । क्लीनफीड नभएमा कानुनअनुसार कारबाही हुने चेतावनी सरकारले दिएको छ । सरकारले विश्व बैंक समूहबाट प्राप्त हुने २ सय मिलियन अमेरिकी डलर (२४ अर्ब) रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यही कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रूपमा लिनका लागिस्वीकृति प्रदान गरेको हो । विश्व बैंकले नेपाललाई बजेटरी र गैरबजेटरी रूपमा निरन्तर सहयोग गर्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्