आज मुलुकका अधिकांश क्षेत्रको मौसम सफा रहने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

आज मुलुकका अधिकांश क्षेत्रको मौसम सफा रहने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, काठमाडौं
आज मुलुकका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँको दिन देशका अधिकांश क्षेत्रमा घमाइलो हुने मौसमविदले बताएका छन् । अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ को एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ का एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्