कनिका संवाददाता
बैशाख ३०, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्याबधिक अनुसार नेपालमा काेभिड १९ बाट सङ्क्रमित हुनेका सङ्ख्या २ सय १७ पुगेकाे छ ।
मंगलबार साँझ २६ जना कोरोना संक्रमित नेपालमा फेरि थपिएका छन् ।
पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनायो ।
यसै गरी धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुष तथा महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
यस्तै काठमाडौंका ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजै बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ भने त्यमध्ये ३४ जना निको भएका छन् ।