आईपीएल क्रिकेटमा मुम्बई प्ले अफमा, आज चेन्नई र कोलकोत्ताबीच खेल हुने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

आईपीएल क्रिकेटमा मुम्बई प्ले अफमा, आज चेन्नई र कोलकोत्ताबीच खेल हुने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, दाङ
साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ । आबुधाबीमा हिजोराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफमा पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितपछि १२ खेलमा १६ अङ्क जोडेको मुम्बई आठ जितसहित शीर्ष स्थानमा यथावत रहेको छ । बैंगलोर भने १२ खेलमा १४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । लिगमा आज चेन्नई सुपर किङ्स र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्