गजल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

गजल

    मा प्रकाशित

कहाँबाट शुरु भएर खै कहाँ पुगेर सकियो
सम्बन्धको आयु केहि क्षण बाँचेर सकियो

मलामी जान बाँकी छ केहि सपनाहरूको
भर्खर त हैसियतको उचाइ नापेर सकियो

दुखाइ पनि आदत बन्छन् दुख्न थालेपछि
एउटा दुखाइ अन्तिम पटक दुखेर सकियो

हिउँले बनेको रहेछ विश्वासको सगरमाथा
अर्कैको अंगालोको तापले पग्लेर सकियो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्