गजल – Kanika Khabar
Thursday, June 11Nepali News Portal

गजल

    मा प्रकाशित

कहाँबाट शुरु भएर खै कहाँ पुगेर सकियो
सम्बन्धको आयु केहि क्षण बाँचेर सकियो

मलामी जान बाँकी छ केहि सपनाहरूको
भर्खर त हैसियतको उचाइ नापेर सकियो

दुखाइ पनि आदत बन्छन् दुख्न थालेपछि
एउटा दुखाइ अन्तिम पटक दुखेर सकियो

हिउँले बनेको रहेछ विश्वासको सगरमाथा
अर्कैको अंगालोको तापले पग्लेर सकियो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्