बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, दाङ
बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कात्तिक ११ गतेदेखि नै आइसियूमा उपचार भइरहेका ती वृद्धमा १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। स्वासप्रश्वासमा समस्या देखिएका उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको उनले बताए ।

योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँके जिल्लाका मात्रै ३० जनाको कोरोनाले मृत्यु भइसकेको श्रेष्ठले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्