कनिका खबर
कार्तिक १६, दाङ
साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । दुबईमा गयराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा ग¥यो । मुम्बईसँग पराजित भएपछि दिल्लीको प्ले अफ यात्रा कठिन बनेको छ । हिजै भएको अर्को खेलमा सनराईजर्स हैदरावादले प्ले अफको यात्राको सम्भावना कायमै राखेको छ । दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले पराजित गर्दैै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो । १ सय २१ रनको लक्ष्य पछ्याएको हैदरावादले १४ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । प्ले अफमा पुग्नका लागि हैदरावादलाई आजको खेल जित्नै पर्ने दबाव छ ।


