भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्न माग – Kanika Khabar
Saturday, January 17Nepali News Portal

भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्न माग

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, भक्तपुर
भक्तपुरको भक्तपुर नगरपालिका–२ स्थित औद्योगिक क्षेत्रका कारण आसपासका बस्तीमा प्रदूषण फैलिएको भन्दै स्थानीयले बर्सेनी स्थानान्तरणको माग गर्दै आएका छन् । यसपटक पनि औद्योगिक क्षेत्रको अवलोकनका लागि पुगेका उद्योग राज्यमन्त्री मोतीलाल दुगडसँग औद्योगिक क्षेत्र सार्नुपर्ने माग स्थानीयले दोहो¥याएका छन् । औद्योगिक क्षेत्रका उद्योगले प्रदूषण फैलाएको गुनासो आएपछि केही दिनअघि संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहित स्थानीय जनप्रतिनिधिको टोलीले उद्योगको अवस्थाको अनुगमन गरेको थियो । अनुगमनपछि जनप्रतिनिधिले उद्योगले ध्वनी र धुवाँ प्रदूषण फैलाएको, कपडा बुन्ने अधिकांश मेसिन बन्द अवस्थामा रहेको र उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनि र धुवाँ प्रदूषण नियन्त्रण हुने कुनै पनि प्रविधि नअपनाएको पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । सांसद सुवाल र प्रमुख प्रजापतिसहितको टोलीले राज्यमन्त्री दुगडलाई भेटेर प्रतिवेदनसहित औद्योगिक क्षेत्रमा मनोमानी गर्ने उद्योगलाई कारवाही र दिगो व्यवस्थापनका लागि पलह गर्न भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्