कोरोनाको निशूल्क उपचार गर्न सरकारलाइ निर्देशन – Kanika Khabar
Saturday, May 4Nepali News Portal

कोरोनाको निशूल्क उपचार गर्न सरकारलाइ निर्देशन

    मा प्रकाशित

कनिका खबर
कार्तिक २१, दाङ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । आज भर्चुअल माध्यमबाट बैठक बसी समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो । समितिले निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार कति खर्चमा भइरहेको छ भन्ने अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा र भत्ताको विषयमा सरकारलाई गम्भीर बन्न भन्दै समितिले तोकेको भत्ता बेलैमा दिन पनि निर्देशन दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्