उद्याेग वाणिज्य संघले सम्पति सिर्जनाका याेजना लिनसक्नुपर्छ : प्रजिअ सुवेदी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

उद्याेग वाणिज्य संघले सम्पति सिर्जनाका याेजना लिनसक्नुपर्छ : प्रजिअ सुवेदी

    मा प्रकाशित

दाङ, २२ वैशाख।
दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले उद्याेग वाणिज्य संघले सम्पति सिर्जनामा ध्यान दिन जरूरी रहेकाे बताएका छन् । नारायणपुर उद्याेग वाणिज्य संघकाे २० ओैँ साधारणसभालाई सम्बाेधन गर्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले उत्पादन केन्द्रित व्यवसायमा संघले बहस चलाउन आवश्यक रहेकाे बताएका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारीले सुवेदीले पछिल्लो समयमा बढ्दै गएकाे आर्थिक तरलतालाई सम्बाेधन गर्न सक्ने व्यवसाय सञ्चालनका लागि बहसकाे थालनी गर्न सकेमा विदेशिने पुस्तालाई राेक्न सकिने बताएका हुन् ।

`संघ सम्पत्ति आर्जनकाे पाटाेमा सक्षम रहेकाे छ । सम्पति आर्जनमा सक्षम रहे पनि सम्पत्ति सिर्जनामा प्रभावकारी रूपमा लागेकाे छैन । अबका दिनमा संघले आर्थिक सिर्जनामा सक्रिय हुन सक्नुपर्छ ।´ प्रजिअ सुवेदीले थपे, `सम्पत्ति सिर्जना, उत्पादन केन्द्रित व्यवसाय, नयाँ पुस्ताका लागि बिजनेस इथिक लगायतका विषयमा संघले बहस चलाउन आवश्यक छ । हामीसँग सम्पति छ तर त्यसलाई उत्पादनमूलक कार्यमा लगाउन सकेका छैनाैँ । पैसाका लागि बिनायाेजना पैसा खर्च गरेका छाैँ तर उत्पादनमूलन याेजना प्रस्तुत गर्न सकेका छैनाैँ । यसका लागि संघले मार्ग प्रशस्त गर्दे नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ ।´

आउँदै गरेकाे पुस्तालाई बिजनेस इथिककाे मार्ग प्रशस्त गर्दै प्रतिस्पर्धामा आधारित जनशक्ति उत्पादनमा संघकाे सहकार्य जरूरी रहेकाे प्रजिअ सुवेदीले बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्