लघु कथा : समय र रामेदाइ – Kanika Khabar
Saturday, May 18Nepali News Portal

लघु कथा : समय र रामेदाइ

    मा प्रकाशित


हो उसले चाहेको भए यो बेला विभिन्न मिडिया को पर्दामा देखिन्थ्यो होला यति बेला क्यामेरा बोकेर विभिन्न ठाउँमा विभिन्न परिवेशको रिपोर्टिङ गरिरहेको हुन्थ्यो होला वा आफ्नै टेलिभिजनबाट समाचार सम्प्रेषण गरिराको हुन्थ्यो होला या पर्दा मा नाचिरहेको हुन्थ्यो होला टि भी स्क्रिनमा प्रोग्राम चलाई रहेको हुन्थ्यो होला तर अफसोस राम दाइ अहिले बिदेशी भुमीमा सेक्युरिटी गरिराको छ्न् हिजो तिनीलाई सम्मानले उठ्ने हात आज अरुलाई सम्मान गर्न उठाइ राको छ्न १२ घन्टा ३६५ दिन सलाम ठोक्दै छ्न् आज उनी सारै टोलाई रहेको थिए सधै किच्च गरेर हाँस्ने दाइको अनुहार मलिन देखेर मेरो मनले नसोधी धरै दिएन । बिस्तारै उनिभाको ठाउँ गएर सोधे दाजु के भयो उनी पुलुक्क मतिर फर्कदै भने हैन भाइ केही भाको छैन मलाई बिश्वास लागेन भन्नू न के भयो उनी अलि मलिन हुँदै भने भाइ जिन्दगी यो सोचेको थिएन तर यही जिन्दगी भोग्न लेखेको रहेछ र नै हिजोको दिनमा धेरै गल्ती गरेको रहेछु कास म त्यो समयमा नडगमगाएको भए सायद आज म उनी लामो सास तान्दै रोकिए तिनको आँखा मा डल्बलाएको आँसुले प्रष्ट देखायो कि उनी पश्चाताप गरिराको छ्न हिजो जे गरे त्यो देखि म उनीलाई सम्झाउदै भने दाइ टेन्सन नलिनु यार जिन्दगी हो चल्छ उनी मुसुक्क हास्दै भने भाइ यही त फरक छ कोही कति मेहेनत गर्दा नि त्यो ठाउँ मा पुग्दैनन म त्यत्तिकै त्यो ठाउँमा पुगे जहाँ पुग्न धेरै नै गारो हुन्थ्यो तर सजिलै पाएको बिना मेहेनतको त्यो सफलता नै मेरो लागि अभिसाप भयो । त्याग काम पर्ती लगाव समर्पण केही भएन आज जति मेहेनत जति लगनको साथ यहाँ काम गरेको छु नि त्यसको आधा मात्र गरेको भए सायद उनी चुप भए अनि भने भाइ जीवनमा कसैको कुभलो चिताएन सबैलाई आफू रित्तिएर भए नि खुसी राख्न खोजे जतिलाई खुसी राख्न खोजे ती त आफना नै रहेनछ्न् अनि जतिलाई जीवन भर पीडा दिए नि कहिले सोचिन भाइ मेरो कारणले सायद धेरै पीडा दिए होला उनीहरुलाई भन्ने म त आफ्नै दुनिया आफ्नै साथी सर्कलमा यति डुबे यति हाँसे यति मजा लुटे तर यो कहिले सोचिन मेरो त्यो चरित्रको कारण सबै भन्दा दुखी त आफन्तलाई नै पारेको रहेछु आफ्नत लाई रुवाएर जो कहिले आफ्नो थिएनन् उसलाई पो खुसी पारिरहेको रहेछु हो त्यही पापको प्रायस्चित भोग्दैछु दाइ डन्ट वोरि समयले लगाएको घाउ समयले नि ठिक पार्छ बुढा बिस्तारै उठेर भने भाइ हिजो म खुसी थिय आफन्त सायद दुखी थिए आफन्त लाई दुखी बनाएर सायद म खुसी थिए अहिले म सही बाटोमा छु सबै गलत चिज बिस्तारै त्याग्दै छु आज उनीहरुको खुशी देख्छु मप्रतिको सम्मान माया देक्छु अनि हल्काआफु लाई गर्व महसुस हुन्छ भाइ हल्का पीडा भुलिन्छ दाइ धेरै सोच्ने हैन कमसेकम आफूले गरेको गल्ती त मान्नु भयो यहि नै ठूलो कुरो हो हिड्नुस गाडी आयो कोठा जाउ जब गाडीमा बसे म यही सोचिरहे सबै चिज हुदा हुँदै पनि बुढाले आफ्नो जीवन बिगारेकै हुन जे होस बुढा ले महुसुस गरे त्यो नै ठूलो कुरो हो यस्तै रहेछ जिन्दगी सबैलाई आफ्नो आफ्नै पीडा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्