दाङ कोरोना अपडेट : २५०४ सङ्क्रमित, ५०४ सक्रिय सङ्क्रमित र १९ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङ कोरोना अपडेट : २५०४ सङ्क्रमित, ५०४ सक्रिय सङ्क्रमित र १९ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, दाङ ।

दाङ जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । हिजो आइतबारसम्मको अपडेटमा स्वास्थ्य कार्यालय दाङले मृत्यु हुनेका संख्या १९ पुगेको जनाएको हो ।

हिजो आइतबारसम्मको विवरण अनुसार दाङमा २ हजार ५ सय ४ जना कोरोना सङ्क्रमित रहेका छन् । जसमध्ये १ हजार ९ सय ८१ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ५ सय ४ जना सक्रिय सङ्मित रहेका छन् ।
अहिलेसम्म दाङ १३ हजार ५ सय २६ जना क्वारअन्टिनमा बसेका छन् भने २० हजार ५ सय ६९ जनाको स्वाब संकलन गरिएको छ । दाङ सक्रिय सङ्क्रमितमध्ये ४ सय ३४ जना होम आइसोलेसनमा बसेका छन् भने ७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्