दाङमा विभिन्न मुद्दामा फरार ४४ जना अभियुक्त पक्राउ – Kanika Khabar
Friday, March 13Nepali News Portal

दाङमा विभिन्न मुद्दामा फरार ४४ जना अभियुक्त पक्राउ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
दाङमा विभिन्न मुद्दामा फरार ४४ जना अभियुक्त पक्राउ परेका छन् । विभिन्न मितिमा अपराधिक क्रियाकलापमा संलग्न भएका ४४ जना फरार अभियुक्तहरु पक्राउ परेका हुन् । अदालतबाट दोषी करार गरिएका फरार व्यक्तिहरुको खोजी गर्दा ०७७ साल बैशाख १ गतेदेखि कार्तिक २५ गतेसम्म ४४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरुमध्उे कर्तव्य ज्यान मुद्दामा संलग्न ६, ज्यान मार्ने उद्देश्यमा संलग्न २, सवारी ज्यानमा संलग्न २, जबरजस्ती करणीमा संलग्न ५, मानव बेचविखनमा संलग्न १, लागु औषधमा संलग्न ४, बहुविवाहमा संलग्न २, चोरीमा संलग्न १० , लेनदेनमा संलग्न ३ , सा. शा. वि. क मा संलग्न ६ र वनसम्वन्धि अपराधमा संलग्न २ जना रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् । पक्राउ गरिएका फरार प्रतिवादीहरुबाट ३ लाख ८१ हजार ८ सय ६६ रुपियाँ जरिवाना असुल गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्