गुडिरहेको बसमा आगलागी – Kanika Khabar
Friday, January 23Nepali News Portal

गुडिरहेको बसमा आगलागी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, दाङ ।
दाङमा गुडिरहेको बसमा आगलागी भएको छ । दाङको देउखुरीमा बिहीबार साँझ गुडिरहेको बसमा एक्कासी आगलागी भएको हो । पोखराबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ५ख ३६६ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

कालाकाटे र धानखोला बीचको जंगल क्षेत्र रहेको स्थानमा बसमा आगलागी भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख भुवन भट्टले बताउनुभयो । आगलागीका कारण बस पूर्णरुपमा जलेर खरानी भएको छ ।

बसको ईञ्जिनमा वाईरिङ्ग सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रमुख भुवन भट्टले बताए । बसमा २३ जना यात्रु सवार थिए । आगलागीबाट यात्रुहरुलाई भने केही नभएको र सबै यात्रु सकुसल रहेको बताइएको छ ।

प्रतिकात्मक तस्बीर

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्