काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने – Kanika Khabar
Saturday, May 2Nepali News Portal

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, काठमाडौँ ।
नेपाली काँग्रेसले महाधिवेशनको नयाँ मिति तोक्ने बारेमा छलफलका लागि केन्द्रीय समितिको बैठक आजका लागि बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका,सरकार विरुद्द विरोध प्रदर्शन लगायतमा छलफल हुने बताइएको छ।यसअघि शीर्ष तहका नेताबीच भएको बैठकले पार्टी विवादसमाधान गर्न नसकेपछि बैठक चार पटक मिति तोक्दै सर्दै आएको थियो।विभाग, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायत विषयमा काँग्रेस पार्टीभित्र विवाद छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्